Sherpa Culture

सगदावा

                नेपाल क्षेत्रफलमा सानो भए तापनि जातीय, धार्मिक, भाषिक र साँस्कृतिक रूपमा विविधतायुक्त मुलुक हो । बहु–भाषिक,बहु–धार्मिक,बहु–जातीय र बहु–सांस्कृति रहेको नेपाल एक जटिल सामाजिक संरचना भएको मुलुक हो । नेपालमा बसोबास गर्ने विभिन्न समुदायहरूका आ–आफ्नै किसिमको मौलिक, संस्कृति, परम्परा, र धार्मिक र सामाजिक संस्कारहरू रहेका छन् । ती विभिन्न धार्मिक सस्कारहरुमध्ये बौद्ध धर्मावलम्बीहरुको धार्मिक पर्व सगदावा पनि एक हो ।

                नेपालमा बिशेष गरी दुई किसिमका पात्रोहरु प्रचलनमा रहेका छन् । ति हुन् सुर्य पात्रो र हिमाली भोट चन्द्र पात्रो जसलाई दथो भनेर चिनिन्छ । बौद्ध धर्मावलम्बीहरुले हिमाली भोट चन्द्र पात्रो प्रयोग गर्दछन् । सुर्य पात्रोमा जस्तै हिमाली भोट चन्द्र पात्रोमा पनि बाह्र महिना रहेका हुन्छन् । यस पात्रो अनुसार ग्याल्लो लोसारबाट नयाँ वर्ष सुरु हुन्छ । ग्याल्लो लोसारको अप्रभंश शब्द गेल्पो  वा गेल्बो लोसार हो । हिमाली भोट चन्द पात्रो अनुसार बाह्र्र महिनाको नाम ः– छु दावा (फाल्गुन–चैत) ओ दावा ( चैत–वैशाख), न्हाग दावा (वैशाख–जेष्ठ), सगदावा (जेष्ठ–असार), नोन दावा (असार–साउन), क्ष्युतोई दावा (साउन–भदौ), टोशिन दावा (भदौ–असोज), ठुम दावा (असोज–कार्तिक), युग दावा (कार्तिक–मङ्सीर), मिन दावा (मङ्सीर–पौष),गो दावा (पौष–माघ), ग्याल दावा (माघ–फाल्गुन) रहेका छन् । तसर्थ हिमाली भोट चन्द्र पात्रो अनुसार चौथो महिनालाई सगदावा भनिन्छ ।

यस महिनालाई हिमाली बौद्धमार्गीहरूले एक पवित्र महिनाको रुपमा लिने गर्दछ । जसलाई सेतो महिना पनि भनिन्छ । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई हिमाली बौद्धमार्गीहरूले सग (विशाखा) दावा (महिना) ‘सगदावा’ भनिएको हो ।

                यो महिनामा पुण्य, पाप जुन सुकै कार्य गर्दा पनि लाखमा परिवर्तन हुने जनाविश्वस रहेको छ । त्यसकारण यस महिनालाई बुम ग्युर दावा (लाख परिवर्तन महिना) पनि भन्ने गर्दछ । शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण हुनु भएको त्रिसंयोग महापुण्य तिथि भोट पात्रो अनुसार यस महिनामा पर्दछ । विशेष गरी यो महोत्सव बुद्धजयन्तीलाई लक्षित गरी मनाइने भए तापनि हिमाली बौद्धमार्गीहरूको समाजमा यो पर्व बुद्ध जयन्तीको ठीक एक महिना पछि पर्दछ । तर पात्रोमा अधिकमास परेको वर्ष भने नेपालमा प्रचलित सुर्य पात्रो र हिमाली भोट चन्द्र पात्रोमा एउटै तिथीमा बुद्ध जयन्ती पर्व पर्ने गर्दछ । प्रयः जसो यो तिथी तीन तीन वर्षमा सङ्गै पर्ने गर्दछ । जस्तै कि कहिले कही वैशाख पूर्णिमा पनि जेष्ठ महिनामा पर्दछ ।


                हिमाली महायानी बौद्ध धर्मावलम्बीहरुले यस पवित्र महिनामा शाकाहारी भोजन गर्दछ । बौद्धमार्गिहरुले यस पवित्र महिनामा ञ्युङ्ने (व्रत), गोन्पाहरुमा कंग्युर ( बुद्ध वाचन) पढाउने, धार्मिक प्रर्वचन दिने, पाठपूजा गर्ने, नगद दान, भोजन दान, रक्तदान साथै पवित्र तिर्थास्थालहरु गुम्ने कार्य गर्दछ । साथै यस महिनाको चर्तुदशीका रात काठमाडौं स्थित बौद्धनाथमा १०८ पटक परिक्रम अथवा स्वयंभुनाथमा १३ पटक परिक्रम बोद्ध धर्मावलम्बीहरुले गर्ने प्रचलन छ । यसरी धार्मिक कार्य गरेमा आफुले गरेको पुण्य लाखमा परिवर्तन हुने जनाविश्वसका साथ यो धार्मिक पर्व परम्परागत रुपमा मनिन्दै आएको पाईन्छ ।


                परापुर्व काल देखि नै महायानी बौद्ध धर्मावलम्बीहरुले मनाउने नयाँ वर्ष लगायत सम्पूर्ण धार्मिक तथा सामाजिक संस्कारसंस्कृतिहरु दथो (हिमाली भोट चन्द्र पात्रो) को तिथीमिति अनुसार मनाउने गर्दछ । तर हल नेपालमा हिमाली भोट चन्द्र पात्रो अनुसार सगदावा चौथो महिना भए तापनि यस महिनाको चर्तुदशीका रात काठमाडौं स्थित बौद्धनाथमा १०८ पटक परिक्रम अथवा स्वयंभुनाथमा १३ पटक परिक्रम गर्ने धार्मिक संस्कारको रुपमा मात्र यस पर्वलाई बुझिएको पाईन्छ । जुन बुझाई गलत रहेको छ । हिमाली भोट चन्द्र पात्रो अनुसार तिथीको गणन गर्दा चन्द्रमाले पृथ्वीको परक्रम गर्ने गति सङ्ग सम्बन्धित रहन्छ ।

भगवान गौतम बुद्ध : तथागतको ८ चैत्य



नेपालको लुम्बिनीमा इसापूर्व ६४३ मा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिन भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा दरबार त्याग गरी ज्ञानको खोजीमा लागेका थिए ।


छ वर्षको कठोर तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेका थिए । त्यसपश्चात भगवान बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका हुन् । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका थिए । त्यसपछि बौद्ध दर्शनसम्बन्धी ८० वर्षसम्म निरन्तर प्रवचन दिएका थिए । ८० वर्षको उमेरमा भारतको कुशीनगरमा वैशाख शुक्ल पूर्णिमाकै दिन शाक्यमुनि गौतम बुद्धको महापरिनिर्वाण भएका थिए ।



गौतम बुद्धको जन्म ईसापूर्व २६४४,, बुद्धत्व प्राप्ति ईसापूर्व २६०९ र महापरिनिर्वाण प्राप्ति  ईसापूर्व २५६४ पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्दछन् । शाक्यमुनि गौतम बुद्धको जन्म तथा बुद्धले विभिन्न तिथिमितिमा सुरुवात गरेका कार्यहरूको सङ्केत स्वरूप बौद्ध धर्मावलम्बीले चैत्यहरू निर्माण गर्ने प्रचलन छ । ती चैत्यहरू तथागतको आठ चैत्यको रूपमा सुपरिचित छन् । चैत्यहरू सबै एकै ठाउँमा अथवा फरक–फरक स्थानमा छुट्टाछुटै निर्माण गर्ने प्रचलन छ । यी चैत्यहरुलाई आकारबाट चिन्ने गरिन्छ र तिथिमिति अनुसार आ–आफ्नो नामकरण समेत गर्ने गर्दछ ।



ईसापूर्व ५६३ वैशाख शुक्ल पूर्णिमाकै दिन शाक्यमुनि गौतम बुद्धको जन्म भएपछि उहाँका पिता राजा शुद्धोधनले बुद्धको जन्म दिनको सङ्केत स्वरूप चैत्य स्थापना गरेका थिए । यस चैत्यलाई पद्म चैत्य भनिन्छ । बुद्धले छ वर्षको कठोर तपस्यापश्चात् ३५ वर्षको हँुदा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्त गरेपछि राजा बिम्बेसारले बुद्धले बुद्धत्व प्राप्त गरेको दिनको सङ्केत स्वरूप चैत्य स्थापना गरेका थिए । यस चैत्यलाई बोधि चैत्य भनिन्छ ।

भारतको बनारसको मृगद वनमा बुद्धले पहिलो पटक पाँच जना भिक्षुहरूलाई धर्मचक्र पर्वतन गरी चार आर्यसत्यहरूका बारेमा उपदेश दिएका थिए । उक्त पवित्र दिनको सम्झना स्वरूप उहाँका पाँच जना अनुयायीहरूले निर्माण गरिएका चैत्यलाई धर्मचक्र चैत्य भनिन्छ । त्यसैगरी देवदत्तद्वारा फुट ल्याएको संघलाई बुद्धले पुनर्गठन गरेको सम्झना स्वरूप भारतको मगधका जनताले निर्माण गरेका चैत्यलाई संघ पुनर्गठन चैत्य भनिन्छ ।

चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिनदेखि १५ दिनसम्म गौतम बुद्धले ऋद्धि–शक्ति प्रदर्शन गरी आफूसँग प्रतिस्पर्धा गर्न आउने अबौद्ध तीर्थाकहरूमाथि विजय प्राप्त गरेको सम्झनामा लिच्छवीहरूले भारतको श्रावस्तीको जेतवनमा निर्माण गरेका चैत्यलाई प्रातिहार्य चैत्य भनिन्छ ।
बुद्धले ८० वर्षको उमेरमा महापरिनिर्वाण हुनका लागि यस संसारलाई त्याग्ने घोषणापछि एक जना शिष्य चन्द्रको अनुरोधमा तीन महिनासम्म आयु लम्ब्याउनु भएको उपलक्ष्यमा चैत्य निर्माण गरेका थिए । यस चैत्यलाई विजय चैत्य भनिन्छ । ८० वर्षको उमेरमा भारतको कुशीनगरमा वैशाख शुक्ल पूर्णिमाकै दिन शाक्यमुनि गौतम बुद्धको महापरिनिर्वाण हुनु भएको सम्झनामा चैत्य निर्माण गरेका थिए । यस चैत्यलाई महापरिनिर्वाण चैत्य भनिन्छ ।

गौतम बुद्धको जन्म भएको सात दिनमा परलोक भएकी आमा मायादेवीलाई धर्म देशना गर्न बुद्ध तुषित देवलोकमा पाल्नु भई बिदाइ हुने क्रममा मनुष्यलोकमा अवतरण हुनुभएको उपलक्ष्यमा स्तुपा निर्माण गरेका थिए । यसलाई देव अवतरण चैत्य भनिन्छ । यी चैत्यहरू धार्मिक परिक्रमा गर्नका लागि निर्माण गरिन्छ । साथै यी चैत्यहरूलाई देख्ने, छुने, परिक्रमा गर्ने वा सम्झना गर्ने जो कोहीका लागि सांसारिक दुःखबाट मुक्त होस् भन्ने मनोकाङ्क्षाका साथ निर्माण गर्ने परम्परा छ ।
(सेर्कु शेर्पा,शेर्पा समुदायको मौलिक पहिचानका लेखक हुन् भने हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका महासचिव हुन् ।)


शेर्पा समुदाय सम्बन्धिको भ्रम र सत्यता



नेपाल क्षेत्रफलमा सानो भए तापनि जातीय, धार्मिक, भाषिक र साँस्कृतिक रूपमा विविधतायुक्त मुलुक हो । बहु–भाषिक,बहु–धार्मिक,बहु–जातीय र बहु–सांस्कृति रहेको नेपाल एक जटिल सामाजिक संरचना भएको मुलुक हो । नेपालमा बसोबास गर्ने विभिन्न समुदायहरूका आ–आफ्नै किसिमको मौलिक, संस्कृति, परम्परा, र संस्कारहरू रहेका छन् । ती विभिन्न समुदायहरूमध्ये शेर्पा समुदाय पनि एक हो ।
                नेपालको उच्च माध्यमिक तहमा पढाई हुने मानविकी संकायको समाजशास्त्र तथा मानवशास्त्र विषयमा उच्च माध्यमिक शिक्ष परिषद सानोठिमी भक्तपुरबाट कक्षा बाह्र (१० +२) का लागि २०६५ को परिमार्जित पाठ्यक्रम अनुसार तयार पारिएको पाठ्यपुस्तक “नेपालमा समाजशास्त्र तथा मानवशास्त्रको परिचय“ नामक पुस्तकको अध्याय छ मा रहेको नेपालका जनताको छोटकरी जनजातीय विवरणमा शेर्पा जाति सम्बन्धि लेखिएको विषयवस्तु भ्रमपूर्ण रहेको हुनाले आगामी संस्करणमा सच्याउन हार्दिक अनुरोध गर्दछु । उक्त पाठ्यपुस्तकमा शेर्पा समुदायमा जात र थर यति नै हुन्छ भनी किटानी गरिएको तथ्य पाइदैन तर मुल रुपमा खादेभ र खाभ्दु जस्ता दुईवटा जात रहन्छन भनि लेखिएको छ । शेर्पा समुदायमा जात नरहेको तर थर र उपथरहरु रहेका छन । त्यसैगरी भाषा र धर्ममा शेर्पाहरु दलाई लामालाई मान्दछन् भनि उल्लेख गरेको छ  भने शेर्पाहरुको बौद्ध सम्प्रदाय पनि निग्मापा र वोम्पो गरी मुख्य दुई भागमा विभक्त छन् भनि उल्लेख गरिएको छ । तर शेर्पाहरु बौद्ध धर्मवालम्बी हुन र आदिम काल देखि नै यिनीहरु बौद्ध धर्मका महायान अन्तर्गत ङिङ्मा परम्पारका अनुयायी हुन । हाल महायान अन्तर्गतकै अन्य कग्यु, शाक्या र ग्येलुक परम्पारमा पनि अनुयायी बन्दै आइरहेका छन् । बौद्ध धर्मका सम्पूर्ण गुरुहरुलाई शेर्पाहरुले मान्दछन् । भेषभूषामा शेर्पाहरु झाँगी र बख्खु लगाउँछन् भनि लेखिएको छ । तर वस्तावमा शेर्पा  पुरुषले छिरिङ किङ्खाप श्योमुङ् (टोपी), छुवा (बक्खु, तेतुङ (कमिज), खारे कारा (पेटी), स्याङ्शिल (घुँडासम्म लगाउने जुत्ता),खेन्ज्यार (हाफ ज्याकेट), फिङ्स्या÷थाङ्स्या (छात्रे टोपी), शेरसिङ पोक्ता ( टोपी) आदि पोसाक लगाउने चलन छ । स्त्रीले स्यम्ज्यार अथवा हाङ्ज्यु (समिज), अङ्गी (बख्खु ,बुहे ्र कारा, सीकोक, छिरिङ किङ्खापस्योमुङ (टोपी), स्योमुङ मोश्या (टोपी), दोङटिल (इन्द्रेणी रङ्गको अङ्गीमाथि अगाडिबाट लगाउने पोसाक), ग्याप्टिल (इन्देण््र ाी रङ्गको अङ्गीमाथि पछाडिबाट लगाउने पोसाक), काँचा÷कोशुल (घुँडासम्म लगाउने जुत्ता), ह्रम्डोक (कोशुल बाँध्ने फित्ता) सिकोक तथा गहनाहरू ग्यनजेन, क्ष्याप्क्ष्याप, पिन, मठिल, खाउ, यु, क्ष्युरुक, जी, पोसिल, मोती, श्यि, बुटिल, कण्ठा, टिकटिक (सुनको माला), सोर्तुप (औंठी), मेन्दोक कोक्ते, सुटुक÷पाङ्जेन, अलुङ (माली) आदि लगाउने चलन छ । त्यसैगरी पुस्तकमा चाडपर्वहरु लोसार, दुम्जे, मनि रिम्दु र विवाह संस्कारमा आर्काको श्रीमतीलाई स्वास्नी बनाउने, शेर्पाहरुको विवाहमा तिछयाङ, देमध्याङ, पेछयाङ तथा गेनकुवा जस्ता चरणहरु पार गर्नु पर्दछ र हिमाली समुदाय भित्र रहेको बहुपति विवाहको चालनलाई शेर्पा समुदायको भनि पुस्तकमा उल्लेग गरिएको छ भने मृत्यु संस्कारमा पनि मृत्यु भएको तेस्रो, सातौ र एघारौं दिनमा नायर कार्य गरिन्छ भने जोखेना मिलेन भने ४९ दिनसम्म नै लाशलाई घरमै राख्ने समेत व्यवस्था मिलाएको हुन्छ भनि लेखिएको पाईन्छ । लेखक, सम्पादक तथा प्रकाशकले यसरी कुनै पनि समुदाय वा जातिको बारेमा पाठ्यपुस्तक भित्र समाबेश गर्दा उक्त समुदायका विशिष्ट व्यक्तिहरु, धर्मगुरुहरु, बुद्धिजीविहरु, समाजसेवीहरु  र संघसस्थाका प्रतिनिधिहरुसंग सल्लाहसुझाव तथा परामर्श लिई लेखिएको भए त्रुटि हुने थिएन होला । यसरी शेर्पा समुदायमा नरहेको संस्कारसंस्कृतिलाई  बाह्र कक्षामा भ्रमपूर्ण तरिकाले पाठ्यपुस्तकमा राखि अध्यापन गरिएको हुनाले उक्त भ्रमलाई सत्यतथ्यमा रही पाठ्यपुस्तक  परिमार्जित गरीदिनुहुन उच्च माध्यमिक शिक्षा परिषद, सानोठिमी भक्तपुरलाई विनाम्र अनुरोध गर्दछु ।

                पुर्वमा बसोबास गर्ने बासिन्दा भएका कारण शेर्पा भनेर विश्वमा चिनिएका शेर्पाहरुको उत्पति,बसोबास र नामाकरणको सम्बन्धमा थुप्रै तर्कहरु रहेका छन । विभिन्न विद्धनहरुले शेर्पाहरु आज भन्दा ६–७ सय वर्ष अगाडि तिब्बतको खाम प्रदेशको सलमोगङबाट नेपालको खुम्बु क्षेत्रमा प्रवेश गरेको तर्क अगाडि सारेको पाईन्छ । तर यसलाई विश्वस गर्न सकिन्ने बलियो आधार भने भेटिदैन । सिङ्गो शेर्पा समुदायको छाता संगठन – नेपाल शेर्पा संघको धारणा तथा विभिन्न समयमा भएको शेर्पाहरुको स्वस्थ्य परिक्षणमा फोक्सोको बनावट र शेर्पा समुदायको विकासको वैज्ञानिकतालाई हेर्दा शेर्पाहरु सदियौं देखि नेपालको हिमाली क्षेत्रमा बसोबास गर्दै आएको प्रष्ट हुन्छ । प्रजातीय आधारमा शेर्पा मंगोलीयन हुन ।
                शेर्पाहरुको आफ्नै मातृभाषा रहेको छ । जसलाई शेर्पा भाषा भनिन्छ । यो भाषा भोट बर्मेली भाषा परिवारभित्र पाइन्छ । शेर्पा भाषाको लिपि सम्भोट लिपि हो । हाल शेर्पाहरुको भाषा देवनागरी तथा अङ्ग्रेजी लिपिमा लेख्दै आएको पाइन्छ । यसरी अङ्ग्रेजी तथा देवनागरी लिपिमा शेर्पा भाषा लेख्दा अशुद्ध हुन गई भाषाको स्तर कमजोर हुँदै जाने खतरा बढेको छ । शेर्पाहरूको भाषा सम्भोटा लिपिमा मात्र शुद्ध लेख्न र उच्चारण गर्न सकिन्छ । वि.सं. २०५८ को राष्ट्रिय जनगणनाअनुसार शेर्पा मातृभाषा बोल्ने सङ्ख्या १,२९,७७१ रहेकोछ । यसै गरी राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको वि.सं. २०६८ को जनगणनाअनुसार नेपालमा शेर्पा भाषा बोल्ने जनसङ्ख्या १,१४,८३० रहेका छन ।
                शेर्पा समुदायमा विभिन्न थर र उपथरहरु हुन्छन् । थरलाई रु भनिन्छ । कुनै पनि व्यक्तिले म शेर्पा हुँ भनेको खण्डमा उसलाई वास्तविक शेर्पा हो वा होइन भन्ने कुरा थर सोध्दा थाहा हुन्छ किनभने शेर्पा समुदायका मानिसहरूलाई मात्र आफ्नो थर र उपथरको बारेमा थाहा हुन्छ । शेर्पा समुदायमा लामा, थिमी, मिञग्पा, च्यावा र ङोम्बा थरहरु अस्तित्वमा रहेका छन भने उपथरहरु किटानी गरिएको पईदैन ।
                शेर्पा समुदायमा महायान बौद्ध धर्मको ञिङ्मा विधी अनुसार नै सम्पुर्ण संस्कार गर्ने चलन छ । प्रय नवजात शिशुको नामाकरण शिशु जन्मेको बारको आधारमा राख्ने चलन छ । उदाहरणको लागि आइतबार जन्मेको बालबालिकाको नाम ङिमा, सोमबार जन्मेको बालबालिकाको नाम दावा, मङ्गलबार जन्मेको बालबालिकाको नाम मिङ्मार, बुधबार जन्मेको बालबालिकाको नाम ल्हाक्पा, बिहीबार जन्मेको बालबालिकाको नाम फुर्वा, शुक्रबार जन्मेको बालबालिकाको नाम पासाङ र शनिबार जन्मेको बालबालिकाको नाम पेम्बा राख्ने चलन छ । यसकारण अधिकांश शेर्पा पुरुष र स्त्रीको नाम एउटै हुन्छ । त्यसै गरी न्वारान गर्ने बच्चाको दिदी वा दाइको अल्पायुमा मृत्यु भएको रहेछ भने सो बच्चाको नाम अन्य जातसँग अथवा जनावरको जातसँग मिल्ने गरी राख्ने चलन छ । जस्तैः अन्य जातसँग मिल्ने गरी कामी शेर्पा, सार्की शेर्पा आदि । यसरी नामकरण गरेमा नवजात शिशुको दीर्घायु रहन्छ भने विश्वास गरिन्छ । साथै शेर्पाहरू बौद्ध धर्मावलम्बी भएकाले बौद्ध विधिअनुसार उपासक–उपासिक (गेञेनफ–गेञेनम) श्रमसेर–श्रमसेरीका (गेछुलफ–गेछुलम) भिक्षु–भिक्षुनि (गेलोङफ–गेलोङम) आदिको शील ग्रहण गर्दा पुनः नयाँ नाम दिने चलन रहेको छ ।
                शेर्पा समुदायमा विवाहलाई एक महत्वपूर्ण संस्कारको रूपमा लिइन्छ । शेर्पाहरू परम्परागत रूपमा मागी विवाह प्रक्रियालाई अवलम्बन गर्दछन् । तर आधुनिकताको कारण हाल प्रेम विवाहको पनि छिटपुट चलन रहेको छ । विवाह संस्कार ठाउँअनुसार केही आन्तरिक चलन फरक भएतापनि सामान्यतया शेर्पा समुदायको विवाहमा विभिन्न चरणहरू टिक्ष्याङ, लोङ्क्ष्याङ, देम्क्ष्याङ, पेक्ष्याङ आदि पार गर्नु पर्दछ । शेर्पा समुदायमा विवाहको लागि थरहरूको आधारमा कुटुम्ब तथा स्वाँगेभाइ (दाजुभाइ पर्ने थर) छुट्टयाउने अर्को संवेदनशील र अति महत्वपूर्ण पक्ष रहेको छ । एउटा थर भित्र जति उपथरहरू छन् उनीहरू एकअर्कामा स्वाँगेभाइ हुन् र बिहेबारी चल्दैन । उनीहरूमा हाडनाताको सम्बन्ध हुन्छ । त्यतिमात्र होइन, आफ्नो मौलिक परम्पराअनुसार शेर्पा समुदायमा मामाको महत्व निकै उच्च पाइन्छ । उनीहरूले बुबाआमापछि दोस्रो बुबाआमाको रूपमा मामालाई लिने चलन छ । यसरी सम्धी लगाउने क्रममा आमापट्टि सात पुस्तासम्म र बुबापट्टि कहिल्यै सम्धी लगाउन हुन्न भने परम्परागत मान्यता विद्यामान छ । बिहेबारी गर्दा कुटुम्ब र स्वाँगेभाइ छुट्टयाउने कठोर परम्परागत नीतिनियम भएकाले पनि शेर्पा समुदायको विवाहसंस्कार जटिल तथा रोचक मानिन्छ । परम्परागत रूपमा रहेको सात पुस्ते मान्यता, थर हेर्ने चलन, टिक्ष्याङ, लोङ्क्ष्याङ, देम्क्ष्याङ र पेक्ष्याङ जस्ता चरणहरू विधिवत् रूपमा पूरा गर्ने चलन छ ।

                 शेर्पा समुदायको मृत्यु संस्कार महायान बौद्ध धर्मको ञिङ्मा परम्पराको बज्रयान विधिअनुसार सम्पन्न गरिन्छ । शेर्पाहरुले मृतकलाई डाँडामा लगेर जलाउने गर्दछ । मृत्य पश्चात् ४९ दिनसम्म मृतकको चित्त आफ्नो घर वरिपरि नै घुमी रहने विश्वासमा दाहसंस्कारपछि मृतकको पुत्ला बनाई मृत्युपछिको कुराहरू बौद्ध धर्मको धार्मिक विधिद्वारा जनाकारी दिन एक जना लामा पुरोहितको रूपमा गेवा नसकुञ्जेल मृतकको घरमा राख्ने चलन छ । जसलाई लोमा भनिन्छ । मृत्युपछि प्रत्येक हप्ता पूजा गर्ने चलन छ । यसलाई दिन्जीन अथवा दिन्छिग भनिन्छ । सामान्यतया मृत्यु भएको तीन हाप्तामा गेवा गर्ने चलन छ । जसलाई तेस्रो दिन्जीन पनि भनिन्छ । गेवामा नातागोता, आफन्त र गाउँले सबैलाई बोलाइन्छ ।  कुनै पनि व्यक्तिको मृत्यु पश्चात ४९ दिन सम्म मृतकको नाममा पाठपूजा गर्दछ । ४९ को दिनलाई ‘श्यिब्च्यु श्येगु’ भनिन्छ । यो नै मृतकको नाममा गरिने अन्तिम पूजा हो । त्यसपछि मृतकको मृत्यु भएको तिथिअनुसार छोराछोरीले सम्झना स्वरूप केही वर्ष वार्षिक रूपमा पूजा गर्ने चलन छ । यसलाई लोम्ज्यु अथवा गोङ्छोक भनिन्छ ।
                परम्परागत रुपमा शेर्पाहरु कृषि, पशुपालन तथा बन्दव्यापारमा संलग्न भए पनि नेपालमा पर्यटन उद्योगको विकाससंगै पर्यटन र पर्वतारोहण सम्बद्ध व्यापार व्यवसायमा संलग्न हुँदै आएको छ । शेर्पाहरुले बौद्ध धर्म अनुसार आफ्नो गाँउघरमा क्ष्योर्तेन (चैत्य), मणि (ढुङ्गामा खोपिएको मन्त्र) तथा गोन्पाहरु स्थापना गरेका हुन्छन । उनीहरु बिहान बेलुका पूण्य कमाउन हातमा ठाङा (मन्त्र जप्दा प्रयोग गर्ने माला) बोकी  क्ष्योर्तेन (चैत्य), मणि (ढुङ्गामा खोपिएको मन्त्र) तथा गोन्पाहरुको कोरा (चक्कर) बेजोर संख्यामा लगनउने गर्दछ । शेर्पाहरुले घर तथा गोन्पाहरुमा बिहान येन्छे पुलु (शुद्ध जल चढाउने) धुप बाल्ने र बेलुका उक्त चढाएको जललाई उठाएर चोखो ठाँउमा पोखाउने गर्दछन । प्रत्येक औसीपूर्णिममा गोन्पाहरुमा दिप प्रज्ज्वलन गर्ने तथा सामूहिक रुपमा डुवा (साधना),ञ्युङ्ने(मन्त्रसिद्धी)े, डुम्जी, मणि रिम्डु, गुरु छेन्ग्या, छोजिन जस्ता धार्मिक चाडपर्वहरु मनाउने गर्दछ । यसैगरी शेर्पाहरुले लोसारलाई नयाँ वर्ष तथा महान चाडको रुपमा मनाउद छ । यिनीहरुले चन्द्रमास पात्रो प्रयोग गर्दछ । जसलाई दथो भनिन्छ । यसरी नै फङ्ङी, यारक्ष्याङ, मल्क्ष्यु दुतुप (मल्ज्यु दोङ्गु), लोथोक बुलुप (लोसार पुलुक) जस्ता सामाजिक चाडपर्वहरु सामूहिक रुपमा मनाउने गर्दछन । शेर्पाहरु चाडपर्वमा परम्परागत पोशाकमा सजिने गर्दछ । त्यसैगरी उनीहरु सामूहिक रुपमा परम्परागत शेर्पा नृत्य श्याब्रु  गर्दछ ।
                प्राचीन कालदेखि नै शेर्पाहरू हिमाली तथा उच्च पहाडी भू–भागमा बसोबास गर्दै आएका छन् । उनीहरूको कला पनि हिमाली भूगोल अनुकूल नै रहेको छ । शेर्पा समुदायले आदिम कालदेखि नै सम्भोटा लिपि प्रयोग गर्दै आएका छन् । त्यसैले शेर्पा समुदायको सम्पूर्ण कलामा लिपिको प्रयोग सम्भोटा नै गरिन्छ । तर हाल देवनागरी लिपि पनि प्रयोग हुन थालेको छ । शेर्पाहरूको परापूर्व कालदेखि नै गीत, सङ्गीत, चलचित्र, नृत्य, साहित्य कला र हस्तकला आदि कलाहरू रहेका छन ।
                शेर्पाहरु हिमाली तथा उच्च पहाडि भुभागमा बसोबास गर्ने भएको हुनाले उनीहरुको बसोबासलाई दुई भागमा विभाजन गरिएको हुन्छ । जाडो मौसममा बस्ने ठाउँलाई गुन्सा र गर्मी मौसममा बस्ने ठाउँलाई यार्सा भनिन्छ ।  शेर्पाहरु सुच्या (नुन चिया),सेन (डिढो) तथा रिकीकुर (आलुको रोटी) स्याक्पा आदि खाने गर्दछन । शेर्पाहरुले पिय पदार्थमा स्थानिय स्तरमा नै उत्पदान हुने पिय पदार्थ प्रयोग गर्दछ ।
                पश्चिमीकरण, शहरीकरण तथा औद्योगिकीकरणको प्रत्यक्ष प्रभाव शेर्पा समुदायमा पनि परेको छ । पर्यटन व्यवसायका कारण शेर्पाहरुको आर्थिक, सामाजिक तथा शैक्षिक स्तरमा सुधार आएको देखिन्छ । पर्यटन विकासको प्रत्यक्ष प्रभाव  शेर्पाहरुको भाषा, भेषभुषा, संस्कारसंस्कृति, परम्परा, परम्परागत पेशा र रीतिथितीमा  परेको स्पष्ट महसुस गर्न सकिन्छ । शेर्पाहरुको संस्कारसंस्कृतिमा परसंस्कृतिकरण भएको हुनाले उनीहरुको परम्परागत पेशा, घरको बनावट, दैनिक जिवनमा प्रयोग हुने भाँडाकुडा, साँस्कृतिक मुल्यमान्यता र जिवनशैलीमा उल्लेखानिय परिवर्तन आएको देखिन्छ । हाल शेर्पाहरु आफ्नो आदिम काल देखिको बसोबासको थलोबाट जिल्ला सदरमुकम, मुलुकको राजधनी काठमाडौं तथा बिदेशी भुमीमा बसाईसराई गर्ने क्रम बढ्दो छ । यो क्रमले निरन्तर पाएमा भोलिको दिनहरुमा शेर्पा समुदायमा भाषा,भेषभुषा, संस्कारसंस्कृति तथा परम्परागत पेशामा समस्या आई लाग्ने प्रष्ट देखिन्छ ।
                नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्दै आएका शेर्पाहरूको आफ्नै किसिमको मौलिक रहनसहन, इतिहास, साँस्कृतिक, धर्म, भाषा, भेषभूषा तथा परम्परा रहेको छ । शेर्पा समुदायको बारेमा ई. १९२१ पश्चात् मात्र स्वदेशी तथा विदेशी अध्ययन अनुसन्धानकर्ताहरूले अनुसन्धान गरेको पाइन्छ । विगतमा शेर्पाहरूको इतिहास, संस्कारसंस्कृति तथा वंशावली सम्बन्धी अध्ययन अनुसन्धान गरी सम्भोटा लिपिमा लेखेको पाइन्छ । यसरी शेर्पा समुदाय सम्बन्धीको महत्वपूर्ण संस्कार संस्कृति लेख लेखौट तथा इतिहासहरू सम्भोटा लिपिमा रहेको हुनाले अध्ययन अनुसन्धानकर्ताहरूलाई भाषिक समस्या भएको पाइन्छ ।
                शेर्पा समुदायको हकहित र अधिकार, भाषा, धर्म, संस्कारसंस्कृतिको जागेर्ण, संरक्षण तथा प्रवद्र्धनको लागि स्थापना गरेका सिङ्गो शेर्पा समुदायको छाता संगठन – नेपाल शेर्पा संघ, नेपाल शेर्पा महिला संघ, हिमालयन शेर्पा साँस्कृतिक केन्द्र, नेपाल शेर्पा विद्यार्थी संघ, शेर्पा सञ्चार समुह नेपाल, नेपाल शेर्पा युवा संघ लगायतका संस्थाहरुले स्थापना काल देखि शेर्पाहरुको भाषा, धर्म, संस्कारसंस्कृति तथा आम सञ्चार क्षेत्रमा शेर्पाहरुलाई सुनिश्चित गर्न अनवरत रुपमा काम गर्दै आएको छ । त्यही कामको प्रतिफल स्वरुप लोप हुदै गएका शेर्पा समुदायको कुनै संस्कारसंस्कृतिको संरक्षणमा टेवा पुगेको भएतापनि प्रय जसो संस्कारसंस्कृतिको पक्ष परसंस्कृतिकरण भएको हुनाले संरक्षण तथा प्रवद्र्धनको लागि ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।
सेर्कु शेर्पा
लेखक
शेर्पा समुदायको मौलिक पहिचान
तथा
महासचिव
हिमालयन शेर्पा साँस्कृतिक केन्द्र, काठमाडौ



खातक (खादा)


बौद्ध धर्मावलम्बीहरूको हरेक धार्मिक तथा सांस्कृतिक कार्यमा खातकलाई महत्त्वपूर्ण मानिन्छ । समयको परिवर्तनसँगै खातकको रङ्ग र आकारहरू परिवर्तन भए पनि यसको एउटै अर्थ आदरसत्कार गर्नु हो । धर्म गुरुको दर्शन र अतिथिको स्वागत मात्र नभई जन्मदेखि मरणसम्मका हरेक काममा खातकको प्रयोग अनिवार्य छ । खातकको प्रयोग शेर्पा समुदायको हरेक धार्मिक तथा सांस्कृतिक चालचलनको अभिन्न अङ्ग बनेको छ । 

आदिम कालदेखि नै शेर्पा समुदायमा आफ्नो धार्मिक संस्कार तथा सांस्कृतिक कार्यहरू गर्दा फूलमाला प्रयोग गर्ने चलन भए तापनि उच्च हिमाली क्षेत्रहरूमा सदबहार फूलहरू नपाइने भएकाले फूलको सट्टा सेतो कपडाको टुक्रा प्रयोग गर्ने प्रचलन सुरु भएको किंवदन्ती छ । जुन आज पनि खादा नभएको बेलामा र केही महत्त्वपूर्ण धार्मिक पूजापाठमा प्रयोग गरिन्छ । यसलाई दरकर्पो भनिन्छ । उदाहरणको लागि बच्चा जन्मेपछि चोखिने दिन अर्थात् न्वारनको बेला शुभकामना दिंदै आफन्तजनहरुले सुत्केरी आमालाई सेतो कपडाको टुक्रा कुममा राखी आर्शीवाद दिने चलन थियो । जसलाई शेर्पा भाषामा आङि गोतार भनिन्छ । विवाह कार्यमा पनि दरकर्पो (सानो सेतो कपडाको टुक्र केटा मान्छेको दायाँ कुममाथि र केटी मान्छेको बायाँ कुममाथि राखिदिने चलन छ । त्यस्तै धर्मागुरूको दर्शन गर्दा काँचको थालमा फलफूल तथा गेडागुडी भराई सेतो कपडाको एक टुक्राले सजाएर धर्म गुरूको अगाडि राखेर दर्शन गर्ने चलन छ । खातकको सुरुवात कहिले र कहाँबाट सुरु भयो भन्ने कुनै एकिन तथ्याङक छैन । तर आठौं शताब्दीमा गुरू रिन्पोछे (गुरु पद्म सम्भव अर्थात् दोस्रो गौतम बुद्ध) लाई तिब्बतको राजा ठिसोङ देउचेनले राजदरबारमा स्वागत गर्दा सेतो कपडाद्वारा स्वागत गरेका थिए । यसैको पछिल्लो रूप खातक हो । त्यसपश्चात् खातकको नामसहित बजारीकरण भएको हो ।

 हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको संस्थापक अध्यक्ष ल्हाक्पा नुर्वु शेर्पाका अनुसार परापूर्व कालमा उच्च हिमाली क्षेत्रको रूखमा पाउने एक किसिमको सेतो ज्यासलाई अतिथि स्वागत तथा आदर सत्कारमा प्रयोग गरिन्थ्यो । यसलाई मेङमा भनिन्छ । यो ज्यास हिमाली क्षेत्रको रूखहरूमा जुङ्गा जस्तो गरी रहने गर्दछ । यो सबै ठाउँमा पाइँदैन । यसपछि शेर्पाहरूले चम्पा (सेतो उवा, गौंंं) को पिठोलाई आदर सत्कारमा प्रयोग गर्छन् । यसलाई चम्दार भनिन्छ । हिजोआज पनि शेर्पाहरूले घरमा पाहुनालाई पेय पदार्थ खुवाउँदा गिलासको छेउमा सानो चम्पा टीका लगाइदिने परम्परा छ । यसलाई ‘चम्ग्यान’ भनिन्छ ।

 विस्तारै शेर्पाहरूले अतिथि आदरसत्कारमा सेतो कपडाको टुक्रा प्रयोग गर्न थाले । यसलाई च्याब्तर अथवा दरकार भनिन्छ । यसरी खातकको विकास हुने क्रममा सर्वप्रथम सादा सेतो खातक बजारमा आयो । यसलाई खातक क्युमा भनियो । यसै गरी अश्यु खातक, टशी ताके खातक (अष्टा मङ्गल अङ्कित खातक) जस्ता विभिन्न नाम भएका खातकहरू बजारमा आए । पछिल्लो समय प्रविधिको प्रयोग र प्रतिस्पर्धात्मक बजारका कारण विभिन्न रङ्ग, आकार र गुणस्तरका आधारमा खातक बजारमा आए । साथै खातकमा सम्भोटा लिपिमा टशिदेलेग लेखिएको बजारमा आयो । यसरी खातकमा सम्भोटा लिपिमा नै (टशिदेलेग, ञिमो देले छेन्देले (दिन र रातमा शुभमंगल होस्,) ञिमो कुयाङ देलेस्योक (दिनमा शुभमंगल भै रहोस्,) ञिन्छेन ताक्तु देलेपे (सदा शुभमंगल होस्,) कोन्छोक सुम्गी टशिस्योक (त्रिरत्नको शुभमंगल होस्) भनी त्रिरत्नलाई प्रार्थना गर्ने शब्द अष्ट मङ्गलको साथमा खातकको दुवै छेउमा लेख्ने चलन आयो । यी सम्पूर्ण खातकहरू हाल पनि प्रयोग भइरहेका छन् ।




हाल विभिन्न पाँच रङ्गको खातक जस्तै निलो, सेतो, हरियो, रातो र पहेँलो बजारमा पाइन्छ । यस खातकमा पनि अष्ट मङ्गलको साथमा सम्भोटा लिपिमा त्रिरत्नलाई प्रार्थना गर्ने मन्त्र छापिएको हुन्छ । यसरी पञ्चारङ्गी खातक निकाल्नुको पछाडि धेरै तत्त्वहरूको अर्थ रहेको छ । जस्तै पञ्चतत्त्व निलो आकाश, सेतो बादल, हरियो जल, रातो अग्नि र पहेंलो पृथ्वी वा जमिन आदिको सङ्केतको रूपमा निकालेको पाइन्छ भने अर्र्कोेतिर पञ्चबुद्धको स्वरूप अनुसार निलो अक्ष्योभ्या बुद्ध, सेतो बैरोचना बुद्ध, हरियो अमोधसिद्धी बुद्ध, रातो अमिताभ बुद्ध र पहेँलो रत्न सम्भव बुद्धलाई सङ्केत गरी खातक निकाल्दै आएको छ । खातक जति रङ्गको आए पनि सेतो खातक नै इतिहास बोकेको खातक हो । खातकको प्रयोग गर्दा धर्म गुरुको दर्शनमा पहेँलो र अन्य धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सेतो रङ्गको प्रयोग गर्दा उपयुक्त हुन्छ । तर अन्य कार्यक्रममा जुन खातक प्रयोग गरे पनि मृतकको लासमा चडाउने खातक भने सादा सेतो रङ्गको उपयुक्त हुने धार्मिक व्यक्तिहरूको सुझाव छ । खातकको प्रयोग वि.सं. २०६२÷६३को द्धोस्रो जनआन्दोलन पश्चात् धेरै भएको देखिन्छ । यसरी खातकको प्रयोग गर्ने क्रममा हिजो हिमाली भूभागका बासिन्दाहरू भित्र मात्र सीमित रहेको खातक नेपालमा बसोबास गर्ने सम्पूर्ण जातिले सहज रूपमा प्रयोग गर्दै आएको पाइन्छ । शेर्पाहरूले धर्म गुरुको दर्शन गर्दा फलफूल माथि खातक वा खातक भित्र गच्छेअनुसार खामभित्र नगद राखी धर्म गुरूको अगाडि राख्ने, आफूभन्दा ठूलो उमेर समूहको मान्छेलाई खातक आदरसत्कार स्वरूप हातमा दिने र सानाहरूलाई माया गरी लगाइदिने परम्परा रहेको छ । आदिम कालदेखि प्रयोगमा ल्याइएको सेतो खातक नै शेर्पा जातिले प्रयोग गर्ने खातक हो । सेतो खातक नै प्रयोग गर्नुको मुख्य कारण भनेको शुभकार्य भन्ने हुन्छ । खातक शेर्पालगायत हिमाली भूभागमा बसोबास गर्ने जातिको धार्मिक संस्कार तथा सांस्कृतिक कार्यको अभिन्न अङ्ग हो । अहिले बजारमा उपलब्ध नेपाली ढाकाको खातकमा परम्परागत खातकको सेतो रङ्ग र अष्ट मङ्गलको चिह्न नरहेको हुनाले आदिम कालदेखि खातकमा रहेको गुणलाई निरन्तरता दिएको भए नेपाली उत्पादनलाई नै उपभोक्ताले बढी प्रयोग गर्न सक्छन् ।

शेर्पा समुदायको संक्षिप्त परिचय




नेपाल क्षेत्रफलमा सानो भए तापनि जातीय, धार्मिक, भाषिक र साँस्कृतिक रूपमा विविधतायुक्त मुलुक हो ।बहु भाषिक,बहु धार्मिक,बहु जातीय र बहु सांस्कृति रहेको नेपाल एक जटिल सामाजिक संरचना भएको मुलुक हो नेपालमा बसोबास गर्ने विभिन्न समुदायहरूका आआफ्नै किसिमको मौलिक, संस्कृति, परम्परा, र  संस्कारहरू रहेका छन् . ती विभिन्न समुदायहरूमध्ये शेर्पा समुदाय पनि एक हो ।
                पुर्वमा बसोबास गर्ने बासिन्दा भएका कारण शेर्पा भनेर विश्वमा चिनिएका शेर्पाहरुको उत्पति,बसोबास र नामाकरणको सम्बन्धमा थुप्रै तर्कहरु रहेका छन । विभिन्न विद्धनहरुले शेर्पाहरु आज भन्दा ६–७ सय वर्ष अगाडि तिब्बतको खाम प्रदेशको सलमोगङबाट नेपालको खुम्बु क्षेत्रमा प्रवेश गरेको तर्क अगाडि सारेको पाईन्छ । तर यसलाई विश्वस गर्न सकिन्ने बलियो आधार भने भेटिदैन । सिङ्गो शेर्पा समुदायको छाता संगठन – नेपाल शेर्पा संघको धारणा तथा विभिन्न समयमा भएको शेर्पाहरुको स्वस्थ्य परिक्षणमा फोक्सोको बनावट र शेर्पा समुदायको विकासको वैज्ञानिकतालाई हेर्दा शेर्पाहरु सदियौं देखि हिमाली क्षत्रमा बसोबास गर्दै आएको प्रष्ट हुन्छ ।
                शेर्पा समुदायमा महायान बौद्ध धर्मको ञिङ्मा लामा विधी अनुसार नै सम्पुर्ण संस्कार गर्ने चलन छ । प्रय नवजात शिशुको नामाकरण शिशु जन्मेको बारको आधारमा राख्ने चलन छ । शेर्पा समुदायमा लामा, थिमी, मिञग्पा, च्यावा आदि थरहरु अस्तित्वमा रहेका छन । परम्परागत रुपमा मागी विवाह गर्ने शेर्पाहरुले टिक्ष्याङ,लोङक्ष्याङ,पेक्ष्याङ, देमक्ष्याङ र जेन्दी गरी विभिन्न चरण विवाहमा सम्पन्न गर्दछन । शेर्पाहरुले मृतकलाई डाँडामा लगेर जलाउने गर्दछ । कुनै पनि व्यक्तिको मृत्यु पश्चात ४९ दिन सम्म मृतकको नाममा पाठपूजा गर्दछ ।
                परम्परागत रुपमा शेर्पाहरु कृषि, पशुपालन तथा बन्दव्यापारमा संलग्न भए पनि नेपालमा पर्यटन उद्योगको विकाससंगै पर्यटन र पर्वतारोहण सम्बद्ध व्यापार व्यवसायमा संलग्न हुँदै आएको छ । शेर्पाहरुले बौद्ध धर्म अनुसार आफ्नो गाँउघरमा क्ष्योर्तेन (चैत्य), मणि (ढुङ्गामा खोपिएको मन्त्र) तथा गोन्पाहरु स्थापना गरेका हुन्छन । उनीहरु बिहान बेलुका पूण्य कमाउन हातमा ठाङा (मन्त्र जप्दा प्रयोग गर्ने माला) बोकी  क्ष्योर्तेन (चैत्य), मणि (ढुङ्गामा खोपिएको मन्त्र) तथा गोन्पाहरुको कोरा (चक्कर) बेजोर संख्यामा लगनउने गर्दछ । शेर्पाहरुले घर तथा गोन्पाहरुमा बिहान येन्छे पुलु (शुद्ध जल चढाउने) धुप बाल्ने र बेलुका उक्त चढाएको जललाई उठाएर चोखो ठाँउमा पोखाउने गर्दछन । प्रत्येक औसी पूर्णिममा गोन्पाहरुमा दिप प्रज्ज्वलन गर्ने तथा सामूहिक रुपमा डुवा (साधना),ञ्युङ्ने(मन्त्रसिद्धी)े, डुम्जी, मणि रिम्डु, गुरु छेन्ग्या, छोजिन जस्ता धार्मिक चाडपर्वहरु मनाउने गर्दछ । यसैगरी लोसार, फङ्ङी, यारक्ष्याङ, मल्क्ष्यु दुतुप (मल्ज्यु दोङ्गु), लोथोक बुलुप (लोसार पुलुक) जस्ता सामाजिक चाडपर्वहरु सामूहिक रुपमा मनाउने गर्दछन । शेर्पाहरु चाडपर्वमा परम्परागत पोशाकमा सजिने गर्दछ । त्यसैगरी उनीहरु सामूहिक रुपमा परम्परागत श्याब्रु नृत्य गर्दछ ।
                शेर्पाहरु हिमाली तथा उच्च पहाडि भुभागमा बसोबास गर्ने भएको हुनाले उनीहरुको बसोबासलाई दुई भागमा विभाजन गरिएको हुन्छ । जाडो मौसममा बस्ने ठाउँलाई गुन्सा र गर्मी मौसममा बस्ने ठाउँलाई यार्सा भनिन्छ ।  शेर्पाहरु बिहान नुन चिया सुच्या खाने गर्दछ । उनीहरुले खानामा सेन (डिढो), रिकीकुर (आलुको रोटी)  र स्याक्पा आदि खाने गर्दछन । शेर्पाहरुले पिय पदार्थमा स्थानिय स्तरमा नै उत्पदान हुने पिय पदार्थ प्रयोग गर्दछ ।

                पश्चिमीकरण, शहरीकरण तथा औद्योगिकीकरणको प्रत्यक्ष प्रभाव शेर्पा समुदायमा पनि परेको छ । पर्यटन व्यवसायका कारण शेर्पाहरुको आर्थिक, सामाजिक तथा शैक्षिक स्तरमा सुधार आएको देखिन्छ । पर्यटन विकासको प्रत्यक्ष प्रभाव  शेर्पाहरुको भाषा, भेषभुषा, संस्कारसंस्कृति, परम्परा, परम्परागत पेशा र रीतिथितीमा  परेको स्पष्ट महसुस गर्न सकिन्छ शेर्पाहरुको संस्कारसंस्कृतिमा परसंस्कृतिकरण भएको हुनाले उनीहरुको परम्परागत पेशा, घरको बनावट, दैनिक जिवनमा प्रयोग हुने भाँडाकुडा, साँस्कृतिक मुल्यमान्यता र जिवनशैलीमा उल्लेखानिय परिवर्तन आएको देखिन्छ । हाल शेर्पाहरु आफ्नो आदिम काल देखिको बसोबासको थलोबाट जिल्ला सदरमुकम, मुलुकको राजधनी काठमाडौं तथा बिदेशी भुमीमा बसाईसराई गर्ने क्रम बढ्दो छ  यो क्रमले निरन्तर पाएमा भोलिको दिनहरुमा शेर्पा समुदायमा भाषा,भेषभुषा, संस्कारसंस्कृति तथा परम्परागत पेशामा समस्या आई लाग्ने प्रष्ट देखिन्छ ।
नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्दै आएका शेर्पाहरूको आफ्नै किसिमको मौलिक रहनसहन, इतिहास, साँस्कृतिक, धर्म, भाषा, भेषभूषा तथा परम्परा रहेको छ  शेर्पा समुदायको बारेमा ई. १९२१ पश्चात् मात्र स्वदेशी तथा विदेशी अध्ययन अनुसन्धानकर्ताहरूले अनुसन्धान गरेको पाइन्छ  विगतमा शेर्पाहरूको इतिहास, संस्कारसंस्कृति तथा वंशावली सम्बन्धी अध्ययन अनुसन्धान गरी सम्भोटा लिपिमा लेखेको पाइन्छ यसरी शेर्पा समुदाय सम्बन्धीको महत्वपूर्ण संस्कार संस्कृति लेख लेखौट तथा इतिहासहरू सम्भोटा लिपिमा रहेको हुनाले अध्ययन अनुसन्धानकर्ताहरूलाई भाषिक समस्या भएको पाइन्छ ।

शेर्पा समुदायको हकहित र अधिकार, भाषा, धर्म, संस्कारसंस्कृतिको जागेर्ण, संरक्षण तथा प्रवद्र्धनको लागि स्थापना गरेका सिङ्गो शेर्पा समुदायको छाता संगठन – नेपाल शेर्पा संघ, नेपाल शेर्पा महिला संघ, हिमालयन शेर्पा साँस्कृतिक केन्द्र, नेपाल शेर्पा विद्यार्थी संघ, शेर्पा सञ्चार समुह नेपाल, नेपाल शेर्पा युवा संघ लगायतका संस्थाहरुले स्थापना काल देखि शेर्पाहरुको हक हित र अधिकार, भाषा, धर्म, संस्कारसंस्कृति तथा आम सञ्चार क्षेत्रमा शेर्पाहरुलाई सुनिश्चित गर्न अनवरत रुपमा काम गर्दै आएको पाईन्छ । त्यही कामको प्रतिफल स्वरुप लोप हुदै गएका शेर्पा समुदायको कुनै संस्कारसंस्कृतिको संरक्षणमा टेवा पुगेको भएता पनि प्रय जसो संस्कारसंस्कृतिको पक्ष परसंस्कृतिकरण भएको हुनाले संरक्षण तथा प्रवद्र्धनको लागि ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

सगरमाथाको ऐतिहाँसिक नाम क्ष्योमोलाङमा


आदिम कालदेखि नै हिमाली भूभागमा बसोबास गर्ने शेर्पा जातिले विभिन्न भूमीदेवहरूको पूजा– आजा गर्दै आएका छन् । ती देवीदेवताहरूमध्ये क्ष्योमोलाङमा पनि एक हो ।

हिमाली भेगमा दिर्घयुका पञ्चा हिमाली भूमी देवीहरू टाशी छिरीङमा, थिङकी स्यल्सङमा, चोपेन डिसाङमा, तकर डोसाङमा र क्ष्योमो मियो लाङसाङमा रहेका छन् । यिनीहरूलाई छेरिङ चेङा भनिन्छ । यिनीहरूको शेर्पा लगायत हिमाली समुदायमा काङसो पूजा हुने गर्दछन् भने यिनीहरूले आ–आफ्नो आर्शीवाद दिने विश्वास गरिन्छ ।

पञ्च कन्या देवीहरूमध्ये कन्छी देवीलाई क्ष्योमो मियो लाङसाङमा भनिन्छ । च्योमो मियो लाङसाङमाले खाद्यान्न उपलब्ध हुने आर्शीवाद दिने विश्वास गरिन्छ । यी देवीको बासस्थानलाई क्ष्योमोलाङमा भनिन्छ । क्ष्योमोलाङमा शब्दको अपभ्रंश क्ष्योमोलोङमा ̷ ज्योमोलाङमा हो ।
विश्व इतिहासमा सन् १८०९ देखि हिमालहरूको उचाई नाप्ने कार्य सुरु भयो । हिमालहरूको उचाइ मापनको क्रममा सर्वप्रथम धौलागिरि ८१७२ मि० विश्वको अग्लो हिमाल भनिएको थियो । फेरि सन् १८४८ मा कञ्चनजङ्घा हिमालको उचाइ नापियो । जसको उचाइ ८,५८६ मिटर थियो । यसको उचाइ धौलागिरि हिमालको भन्दा अग्लो हुन आयो र संसारको अग्लो चुचुरो भनिएको थियो ।
यसरी हिमालहरूको नाप लिने क्रममा १४ ओटा हिमालको मापनपछि १५ स्थानमा इस्ट इन्डिया कम्पनीका सर्वेक्षणकर्ता बेलायतका जर्ज एभरेष्टले सन् १८४९ मा सर्भे गरी अहिलेको सगरमाथा पत्ता लगाएका थिए । जसको उचाइ ८८४८ मिटर २९०२८ फिट० हुन आयो ।

सर्वेक्षणकर्ता एभरेस्टले क्ष्योमोलाङमाको उचाइ निर्धारण नगर्दासम्म यो नै धार्तीको अग्लो चुचुरो हो भन्ने हेक्का थिएन् । त्यसबेला सर्वेक्षणकर्ताले हालको सगरमाथाको नाम रोमन अंकमा पिक फिप्टीन राखिदिएका थिए । जसलाई नेपाली विद्धवानहरुले पन्ध्रौं चुली भनिन्छ । नेपालबाट यस वर्ष सगरमाथाको उचाई मापन कार्य भएको छ ।
सन् १८६५ मा भारतका सर्वेयर–जनरल सर एन्ड्रयु बाघले जर्ज एभरेष्टको स्मरणमा पन्ध्राँै चुचुरोको नाम माउण्ट एभरेष्ट राखिदिए । त्यसै गरी वि।सं। २०१३ तथा सन १९५६ मा इतिहास शिरोमणि बाबुराम आचार्यले माउण्ट एभरेष्टलाई नेपाली न्वारान गरी यस पर्वतको नाम सगरमाथा राखिदिएका हुन् । उनले यस पर्वतको नेपाली नाम शारदा नामक पत्रिकामार्फत प्रकाशन गरेका थिए ।

हिमाली भूभागमा बसोबास गर्दै आएको शेर्पा समुदायले यसलाई क्ष्योमोलाङमा भनेर सम्बोधन आदिम कालदेखि नै गर्दै आएको हुनाले विश्वको सर्वोच्च शिखरको ऐतिहासिक नाम क्ष्योमोलाङमा, मापनपछिको नाम पिक १५, जर्ज एभरेष्टको स्मारणमा राखिएको नाम माउण्ट एभरेष्ट र नेपालीमा सगरमाथा रहेको छ ।
सन् १९२१ देखि नै सगरमाथाको चुचुरो मानव पाइला राख्न प्रयास गरे पनि सफल भने सन् १९५३ मात्र भयो । सर्वप्रथम सन् १९५३ मे २९ तारिख १६ जेष्ठ २०१० को दिन सगरमाथाको शिखरमा बिहान ११ः१५ बजे नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पाइला टेकेका थिए । यसरी सगरमाथा आरोहण गरेको समाचार जुन २ मा बेलायतमा र जुन ३, १९५३ मा नेपालमा प्रकाशन भएको थियो ।

बेलायतलगायत अन्य विकासित राष्ट्र तथा नेपालमा पनि सगरमाथा आरोहणको व्यापक चर्चा भयो । यसरी शेर्पाहरूले पर्वतारोहणबाट नेपाललाई विश्वसामु चिनाउन सफल र सक्षम भएको छ ।
शेर्पाहरू आरोहण दलको सहयोगीमा जानु अगाडि बौद्ध धर्म गुरुकहाँ गई चन्द्र पात्रोअनुसार साइत हेर्ने चलन छ भने घरमा क्ष्योमोलाङमा आरोहणमा बिघ्नबाधा नआउन भनी बौद्ध धर्म गुरु आमन्त्रण गरी पूजा गर्ने परम्परा छ ।
सगरमाथाको आधार शिविरमा पुगेपछि पनि आफ्नो आरोहण दलका सम्पूर्ण सदस्यहरूको साथमा बौद्ध धर्म गुरु आमन्त्रण गरी पर्वतारोहण सफलताको लागि च्योमो मियो लाङसाङमाको पूजा गर्ने र शेर्पा समुदायको परम्परागत श्याब्रु नृत्य गर्ने चलन छ । यसलाई ल्ह सो पूजा भनिन्छ । ल्ह सो पूजाको अप्रभंस शब्द ल्हप्सो पूजा हो ।

यसरी पूजा गर्दा हिमालमा भएका देवीदेवताहरू खुसी हुने र पर्वतारोहण कार्य सफल हुने जनाविश्वास गरिन्छ । त्यति मात्र होइन, शेर्पाहरूले सम्पूर्ण हिमाललाई देवीदेवताको रूपमा सदैव पूजा गर्ने परम्परा छ । साथै शेर्पा समुदायको सघन बस्ती भएको कुनै पनि गाउँहरूमा पशुबली निषेधित गरिएको हुन्छ । आदिम कालदेखि नै सगरमाथा क्षेत्रमा पशुहरू काटमार गर्ने चलन छैन । यी सम्पूर्ण आधारहरूले के पुष्टि गर्दछ भने सगरमाथाको एतिहासिक नाम क्ष्योमोलाङमा रहेको प्रष्ट हुन्छ ।
सेर्कु शेर्पा अनुसन्धानकर्ता, लेखक शेर्पा समुदायको मौलिक पहिचान तथा हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, काठमाडौँका महासचिव


<script data-ad-client="ca-pub-3819440547590463" async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script>

No comments:

Post a Comment

Blog Archive